काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी भएका छन् । सोमबार राति सम्पन्न २०औँ साधारणसभाले आगामी दुई वर्षका लागि एन्ड्रयुलाई अध्यक्ष निर्वाचित गरेको हो ।
निर्वाचनमा जम्मा ६०० मत खसेकोमा (एन्ड्रयु) ३४१ मतसहित विजयी भएका हुन। यस्तै उनका निकटतम प्रतिद्धन्दी दीपकराज भुसालले २४९ मत प्राप्त गरे । लक्ष्मण पौडेल (एन्ड्रयु) र दीपकराज भुसालले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै प्रथम उपाध्यक्षमा बासुदेव दाहालले ३०८ मत प्राप्त गरेर बिजयी बने । द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेलले २९४ मत प्राप्त गरेका थिए भने र तृतीय उपाध्यक्षमा गीता शिवाकोटीले २९२ मतका साथ विजयी भएकी छन् । उपाध्यक्षमा निर्वाचित बासुदेव दाहाल, गीता शिवाकोटी एन्ड्रयु समूह बाट निर्वार्चित भएकी हुन् । भने उपाध्यक्ष जितेका विकल्पराज पोखरेल भुसाल समूहबाट उम्मेदवार थिए । महासचिवमा भुसाल समूहका भवनाथ हुमागाईले ४०३ मत का साथ निर्वाचित भएका छन् ।
दुई सहसचिवमा सुरज सिलवालले ४१६ ल्याएका छन् भने आशिक कार्कीले ३५३ मत ल्याई विजयी भएका छन् । उनीहरू दुवै जना भुसाल प्यानलबाट निर्वाचित भएका हुन् । कोषाध्यक्षमा ३२६ मतका साथ साधना पुडासैनी विजयी भएकी छन् । उनी एन्ड्रयु प्यानलबाट उम्मेदवार थिइन् भने सह–कोषाध्यक्षमा ४११ मतका साथ गोविन्द खनाल विजयी भएका छन् । खनाल भुसाल प्यानलका हुन् ।
त्यस्तै सदस्यहरूमा अनन्तराज घिमिरे ४१६, उद्धव बन ४२१ , विवेक बस्नेत ४०२ , दामोदर शर्मा ३७८ , अशोककुमार हाथी ३३२ , दिनेश पौडेल ३१४ , सञ्जीव पाण्डे३४१ , शिवप्रसाद अर्याल ३०८ , कमलप्रसाद तिमल्सिना ३०५ मतका साथ विजयी भएका छन् ।





























प्रतिक्रिया