तिन बूँदे सर्तसहित गगन-विश्वले मागे देउवाको राजिनामा

तिन बूँदे सर्तसहित गगन-विश्वले मागे देउवाको राजिनामा

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको नेतृत्व गरिरहेको महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समूहले संस्थापन पक्षसँग सहमतिका लागि तीन बुँदे कडा सर्त अघि सारेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनकै क्रममा मंगलबार बालुवाटारमा सुरु भएको वार्तामा ती सर्त औपचारिक रूपमा राखिएको हो।

केन्द्रीय कार्यसमिति बैठकअघि सहमतिको प्रयासस्वरूप सुरु वार्तामा विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनको स्वामित्व संस्थापन पक्षले स्वीकार्नुपर्ने पहिलो शर्त राखेको छ । दोस्रो शर्तमा महाधिवेशनमा प्रस्तुत भएका नीति, संगठन र नेतृत्वसम्बन्धी प्रतिवेदनलाई पार्टीको दीर्घकालीन सम्पत्ति मान्दै कार्यान्वयनको आधार बनाइनुपर्ने उल्लेख छ ।

तेस्रो र निर्णायक शर्तमा सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ । राजीनामा सम्भव नभए सक्रिय राजनीतिबाट अलग भएको औपचारिक घोषणा गर्नुपर्ने वा अन्तिम विकल्पका रूपमा आगामी निर्वाचनमा टिकट वितरण प्रक्रियामा सभापतिको हस्ताक्षर नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

विशेष महाधिवेशन पक्षका अनुसार यी सर्तमा सहमति नजुटे पार्टीभित्र नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। उनीहरूले अब सहमतिभन्दा पनि संस्थागत निकासतर्फ केन्द्रित भएको संकेत गरेका छन्। नेतृत्व परिवर्तन र संगठन पुनर्संरचनालाई मूल एजेन्डा बनाएको विशेष महाधिवेशन निर्णायक चरणमा पुगेको नेताहरूको दाबी छ ।

Logo