चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

केन्द्रबिन्दु
36
Shares

गाईघाट। यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ । नगरपालिकाको सहयोगमा काठमाण्डौँको स्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो ।

सोमबारदेखि सुरु भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताए । पहिलो दिनमै १२५ जनाको जलविन्दु र मोतियाविन्दुसम्बन्धी उपचार गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । आँखाको उपचार र शल्यक्रिया सेवाका लागि चौदण्डीगढीसहित त्रियुगा र बेलका नगरपालिका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा आँखाका बिरामी शिविरमा पुगेको जनाएको छ ।

Skip This
Skip This
Logo