काठमाडाैं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका लागि तोकिएको उम्मेदवारी शुल्क नेकपा (एमाले) को तुलनामा निकै महँगो देखिएको छ। आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाउने नाममा कांग्रेसले विभिन्न पदका लागि तय गरेको शुल्क एमालेको भन्दा दोब्बर बढी देखिएकाे हाे ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आज केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिकसँगै उम्मेदवारी दर्ता शुल्क पनि ताेकेकाे छ । सूचनाअनुसार, ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ बमोजिम विभिन्न पदहरूका लागि मनोनयन दस्तुर निर्धारण गरिएको हाे ।
सभापतिको उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको बिषेश महाधिवेशन निर्वाचन समितीले जनाएको छ ।
समितिले आजै अपराह्न २ बजेदेखि मनोनयन दर्ता गर्न सुरु गर्ने जनाएको छ। आजै राति ९ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ।
यता गत मंसिर अन्तिम साता सम्पन्न भएको नेकपा (एमाले) ११औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको थियो । भने पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार, केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको तोकिएको थियो ।































प्रतिक्रिया