काठमाडौँ
भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचना मध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचना मध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो । प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचना मध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले हालसम्म १ लाख १४ हजार २ सय संरचना मात्र निर्माण पूरा भएको र अन्य पूर्वाधारहरूको निर्माण कार्य द्रुतगतिमा भइरहेको जानकारी दिए । “अहिले पुनर्निर्माणको कार्य द्रुतगतिमा अघि बढेको छ, धेरै निर्माणाधीन अवस्थामा छन्,” उनले भने । प्राधिकरणका अनुसार ३ लाख ६७ हजार १ सय ६५ निजी घर पुनर्निर्माण भइरहेका छन् ।
प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्तलाई तोकेपछि निजी आवास पुनर्निर्माणमा बढी सक्रियता देखिएको प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुषालले जानकारी दिए । हालसम्म १ लाख ९ हजार ५ सय निजी निर्माण भइसकेका छन् । ४ सय ८३ सार्वजनिक भवन मध्ये हाल १ सय २० निर्माणाधीन अवस्थामा छन् भने ६ ओटा मात्र निर्माण सम्पन्न भएका छन् । त्यसैगरी, भूकम्पबाट ७ सय ५३ सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएकोमा ३ सय १० निर्माणाधीन अवस्थामा छन् भने १ सय ८३ सम्पन्न भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी ७ हजार ५ सय ५३ शैक्षिक संस्था क्षतिग्रस्त रहेकोमा १ हजार ४ सय १५ निर्माणाधीन छन् भने २ हजार ९ सय ३४ को निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया