काँग्रेस महाधिवेशनमा खड्का,कोइराला र थापाको भिडन्त हुने संकेत

काँग्रेस महाधिवेशनमा खड्का,कोइराला र थापाको भिडन्त हुने संकेत

केन्द्रबिन्दु
246
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका तीन उम्मेदवारले प्रतिस्पर्धा सुरु गरेका छन्, तर पार्टीका मुख्य नेताहरू सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला महाधिवेशनमा अनुपस्थित छन्। सभापतिमा देउवा समुहबाट पूर्णबहादुर खड्का, शेखर समुहका स्वंम शेखर कोइराला र विशेष महाधिवेशन पक्ष बाट गगन थापा सभापतिका आकांक्षी रहेका छन् । सभापतिका लागि ३ वटा फारम निर्वाचन समितिबाट लगिसकेका छन् तर को-को ले उम्मेदवारी दर्ता गराउँछन्। त्यो भने खुलाईएको छैन ।
अन्य उम्मेदवारहरूले पनि फारम बुझ्न थालेका छन्। तर देउवा र शेखरको अनुपस्थितिले महाधिवेशनको निर्णायक मोडलाई संवेदनशील बनाएको छ, जसले पार्टीभित्रको असमन्जस्यता र आन्तरिक दबाबलाई अझ बढाएको छ । एकातिर महाधिवेशनको माहोल तालिरहेको छ भने अर्कोतर्फ अन्तिम वार्ताका लागि नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन् ।

Logo