नेपाल-इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल पुनः निर्वाचित

नेपाल-इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल पुनः निर्वाचित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले १२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभामा संरक्षक राजेश काजी श्रेष्ठको प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । सभामा चेम्बरका गतिविधि, प्रगति विवरण तथा वित्तीय विषयमा समीक्षा गरिनुका साथै नेपाल र इटालीबीचको व्यापार, लगानी तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

(एनआईसीसीआई) को नयाँ कार्यसमितिमा अध्यक्ष सञ्जय अग्रवाल, वरिष्ठ उपाध्यक्ष रूपक राजवंशी, उपाध्यक्षद्वय मनोज कुमार ज्ञवाली र अरणिको राज भण्डारीको नेतृत्वमा चेम्बर सञ्चालन हुँदै आएको छ । यसैगरी महासचिव मनोज श्रेष्ठ भडेल, सचिवद्वय रोम नाथ घिमिरे र विनोद सग्तानी, तथा कोषाध्यक्ष पवन कुमार अग्रवाल नयाँकार्यसमितिमा चयन भएका छन् ।

त्यस्तै (एनआईसीसीआई) को नयाँ कार्यसमिति सदस्यहरूमा बसुमाया तामाङ, बिनाप्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैजु, वीरन्द्र शाही, किशन सुनार, सञ्जय कुमार अग्रवाल,सुमित कुमार बन्सल, सुशील कुमार जैन, युगेश भक्त बडे श्रेष्ठ, सुनिता सिंह, संघर्ष बिष्ट, गम्भीर मान श्रेष्ठ, योगेन्द्र विक्रम थापा, दम्बर पराजुली र कल्याण सिलवाल रहेका छन् ।

सदस्यहरूको सक्रिय सहभागिताका साथ सम्पन्न भएको उक्त सभाले नेपाल–इटाली आर्थिक सहकार्य प्रवद्र्धनतर्फ (एनआईसीसीआई) को निरन्तर प्रयासलाई थप सुदृढ बनाएको जनाएको छ ।

Logo