काठमाडौँ
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनको विषयमा छिटो सहमति गर्न सरकारघटक दललाई आग्रह गरेका छन् । साथै उनले आफ्ना निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल सपथ ग्रहण गराउन पनि आग्रह गरेका छन् । सत्ताघटक दलले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागि गराउने प्रयास गरिरहेको सन्दर्भमा नेता महतोले आफ्नो पार्टी सरकारमा सहभागि भै मिलेर अघि बढ्न पनि तयार रहेको र लडाई झगडा गर्न पनि तयार रहेको भन्दै छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने बताए ।
विहिवार दिउसो पार्टी केन्द्रिय कार्यालय काठमाडौंमा कुरा गर्दै नेता महतोले भने– संविधान शंसोधनको विषय र रेशम चौधरीलाई सपथ ग्रहण गराउने कुरा पहिला टुङ्गाउनु पर्छ । मुलुकलाई निकास दिने कुरामा सरकारले अलमल गरिरहेको भन्दै उनले संविधान संशोधनमा सहमति नभए आन्दोलनमा उत्रने बताए ।
उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा जाने नजाने बारेमा आफ्नो पार्टीमा कुनै छलफल नभएको भन्दै उनले यादव नेतृत्वले सरकार सँग संविधान संशोधन लगायतको विषयमा गर्ने सहमति मान्न सकिने बताए । ‘उपेन्द्र यादवलाई सबै ईस्यू थाहा छ, हामीलाई पनि थाहा छ, त्यो इस्यू एडजस्ट गर्ने गरि सहमति भए हामीलाई पनि मान्य हुन्छ’ राजपा नेता महतोको भनाई थियो । सरकारले निश्चित समय सिमाभित्र संविधान संशोधन गर्ने उल्लेख गरि सहमति हुनु पर्छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया