काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत सभापति पदका लागि चार जनाले उम्मेदवारी फाराम भरेका छन् भने अन्य पदाधिकारी पदका लागि करिब ३० वटा फाराम वितरण गरिएको छ।
निर्वाचन समितिका अनुसार आज उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ। पार्टीभित्र संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच सहमति नजुट्दा महाधिवेशन लम्बिएको हो। उम्मेदवारी फाराम भर्ने चरण पूरा भएपछि प्रारम्भिक नामावली प्रकाशित गरिने र दाबी–विरोधपछि अन्तिम सूची सार्वजनिक गरिने निर्वाचन तालिका रहेको छ।





























प्रतिक्रिया