कांग्रेस विभाजनले चुनाव नै संकटमा पर्न सक्छ :अग्नि खरेल

कांग्रेस विभाजनले चुनाव नै संकटमा पर्न सक्छ :अग्नि खरेल

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेलले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र सम्भावित विभाजनले आगामी निर्वाचनलाई अनिश्चिततामा धकेल्न सक्ने चेतावनी दिएका छन्।

खरेलले कांग्रेसजस्तो ठूलो दल फुटे कानुनी र राजनीतिक जटिलता बढ्ने र त्यसको प्रत्यक्ष असर चुनावी प्रक्रियामा पर्ने बताए । उनका अनुसार चुनाव नहुनु वा पटक–पटक सर्नु लोकतन्त्रका लागि गम्भीर जोखिम हो।
‘कांग्रेस र एमालेले संविधान बनाएका दल हुन्, यस्तो बेला विभाजन देश, लोकतन्त्र र संविधानकै हितमा हुँदैन,’ खरेलले भने।

उनले नेतृत्व विवाद अदालत र निर्वाचन आयोगसम्म पुगे राजनीतिक अस्थिरता झनै चर्किने भन्दै समयमै संकट व्यवस्थापन गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन्।

Logo