देउवा नेतृत्वको कार्य समिति भंग भइसकेको जानकारी निर्वाचन आयोगमा पुगिसक्यो : गगन थापा

देउवा नेतृत्वको कार्य समिति भंग भइसकेको जानकारी निर्वाचन आयोगमा पुगिसक्यो : गगन थापा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षबाट निष्कासित महामन्त्री गगन थापाले देउवा नेतृत्वको कार्य समिति भंग भइसकेको जानकारी निर्वाचन आयोगलाई अग्रिम गराइसकेको बताएका छन्।

बन्दसत्रमा सम्बोधन गर्दै थापाले आयोगमा विशेष महाधिवेशनको जानकारी गराइसकेको र देउवा पक्षले पठाएको पत्रको औचित्य नरहेको दाबी गरे। उनले भने, “मलाई निर्वाचन आयोग र सबै संस्थामा पूर्ण विश्वास छ । बहुमत महाधिवेशन प्रतिनिधिहरु जम्मा भएर विधिसम्म पुगेको परिणामलाई आयोगले मान्यता दिनेछ।”

थापाले भने, “कसैले कसैलाई निकाल्न पाउँदैन, नेपाली कांग्रेस कसैको निजी कम्पनी होइन । हामीले विशेष महाधिवेशन उद्घाटनलगत्तै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्य समिति भंग भइसकेको र नयाँ कार्यसमिति महाधिवेशनबाट निर्वाचित भएपछि अद्यावधिक गराइने पत्र पहिले नै पठाइसकेका थियौं।”

उनले देउवा पक्षले सहमहामन्त्री बद्री पाण्डेलाई आयोगमा धर्ना राखेर निर्वाचन रोक्ने प्रयास गरेको बताए ।

Logo