काठमाडौँ
तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । "/>

१४ महिना देखि तलब बिना काममै कर्मचारी ?

१४ महिना देखि तलब बिना काममै कर्मचारी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ?

यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दी भन्दा बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिना सम्मको तलब दिइएको छैन । तरपनि कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समय सम्म तलब नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेम बहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’

कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए ।

यसैविच दरबन्दी नभएका १६ कर्मचारीलाई तलब खुवाउन नसकेपछि ताहाचल कार्यालयले कोष तथा लेखानियन्त्रण कार्यालयलाई पत्र लेखेको छ । जसमा दरबन्दी मिलान नभएका १६ कर्मचारीलाई १४ महिना देखि तलब, भत्ता र चाडपर्व खर्च भुत्तान गर्न नसकेको उल्लेख गरिएको छ । उनीहरुलाई तलब, भत्ता र पोसाक भत्ताका लागि ५९ लाख १२ हजार ७ सय ९९ रुपैयाँ उपलब्ध गराइदिन पत्रमा माग गरिएको छ ।
नयाँ पत्रिकाबाट

 

Logo