प्रचण्डको चुनौतीपछि रुकुम पश्चिममा साख जोगाउन ओलीलाई गुहारे जनार्दन

प्रचण्डको चुनौतीपछि रुकुम पश्चिममा साख जोगाउन ओलीलाई गुहारे जनार्दन

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। माओवादी केन्द्रबाट अलग भई नयाँ राजनीतिक धार बनाइरहेका जनार्दन शर्माले एमालेसँग सम्भावित चुनावी सहकार्यका लागि सक्रिय पहल थालेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अभियानमा रहेका शर्माले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार प्रचण्डले रुकुम पश्चिममा कडा चुनौती दिएपछि शर्माले ओलीसँग प्रत्यक्ष संवादको बाटो रोजेका हुन्। गुण्डुमा भएको भेट निकै गोप्य राखिए पनि केही जिल्लामा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइन्छ ।

एमाले अध्यक्ष ओली प्रचण्डविरुद्ध राजनीतिक सन्तुलन मिलाउन जनार्दन शर्मा र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई केही क्षेत्रमा सघाउन इच्छुक देखिएको चर्चा छ । विशेषगरी रुकुम पश्चिममा शर्मालाई सहयोग गर्ने विषयमा ओली सकारात्मक रहेको स्रोतको दाबी छ ।

एमालेले शर्मालाई सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्नसमेत सुझाव दिएको बताइन्छ, यद्यपि शर्माको दलको आधिकारिक चिह्न भने आँखा रहेको छ । रुकुम, रोल्पा, कालिकोटलगायत जिल्लामा नयाँ गठबन्धनसहित चुनावमा जाने सम्भावना बलियो बन्दै गएको नेताहरूले बताएका छन्।

Logo