काठमाडौं
नेपाली राजनितीका खरो बक्ताका रुपमा चिनिने नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको आज ८ औं स्मृति दिवस हो । वि. सं. १९८१ असार १८ गते जन्मिएका कोइरालाको वि. सं ०६६ चैत्र ७ मा आजकै दिन निधन भएको थियो ।
नेपालको राजनितीक इतिहासमा उनको महत्वपूर्ण योगदान रहेको छ । विभिन्न समयमा उनी नेपालको ५ पटक सम्म प्रधानमन्त्री बनेका थिए । जस्तो सुकै राजनितीक समस्यालाई पनि चतुर कार्यशैली अपनाएर हल गर्न सक्ने उनको खुबीलाई सबैले प्रशंसा गर्ने गरेका छन् । उनकै अगुवाईमा ०६२, ०६३ को जनआन्दोलन सफल भएको थियो भने १० वर्षे माओवादी जनयुद्धको पनि अन्त्य भएको थियो । अहिले पनि उनको अभाव नेपाली राजनितीमा खड्कीरहेको आभास हुन्छ । समय सँगै उनलाई भने विस्तारै विर्सदै जान पो थालिएको हो कि भनेर पनि विभिन्न राजनितीज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।





























प्रतिक्रिया