काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको खेल हेर्न पाउने उपभोक्ता क्याम्पेनअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन् । उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखराबाट टिसिएल क्युलेड टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।
यस योजनाअन्तर्गत विजेताले चार रात पाँच दिनको मुम्बई यात्रासहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टिसिएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ ।
कम्पनीका अनुसार, टिसिएल वासिङ मेसिन खरिद गर्दा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिनुका साथै निःशुल्क जडान सुविधा दिइएको छ । यस्तै, टिसिएल एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टिसिएल टेलिभिजन खरिदमा नेटटिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ ।
साथै, नागरिताको आधारमा इएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज अफरसमेत लागू गरिएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया