ठग र लुसिफरले युवालाई राष्ट्रविरोधी बनाउने खेल खेल्दैछन् : ओली

ठग र लुसिफरले युवालाई राष्ट्रविरोधी बनाउने खेल खेल्दैछन् : ओली

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राज्यविरुद्ध दुष्प्रयास गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

४२औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै भने, “अहिले सबै प्रकारका ठग र लुसिफरहरूले धाक नलगाए हुन्छ, तिनका सपना पूरा हुने छैनन्।”

ओलीले युवालाई देश पढ्न, बुझ्न र राष्ट्रको भविष्य बुझ्ने चेतावनी दिनुका साथै इतिहास नाप्न आफ्नै आयु मात्रै आधार नबनाउन सुझाव दिए । “देश पढ । देश बुझ। यो देशलाई के गर्न खोजिँदैछ भनेर बुझ्ने प्रयास गर,” उनले भने।

ओलीले काठमाडौंका मेयर बालेन शाहलाई संकेत गर्दै आफूसँग चुनाव लड्न तयारी गर्ने प्रयास भएको पनि बताए । ओलीका अनुसार, “कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेका छन्। हामीले नचिन्ने–नचिन्ने खालका नोट लिएर पुगेका छन्, निर्वाचन क्षेत्रहरूमा।”ओलीले भने।

Logo