काठमाडौँ
सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् । "/>

विदामा चलाइएका सरकारी सवारीलाई कारबाही गर्ने कार्यविधि नै छैन

विदामा चलाइएका सरकारी सवारीलाई कारबाही गर्ने कार्यविधि नै छैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् । मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशन पछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ भित्रका विभिन्न स्थानबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो । महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नियन्त्रणमा लिइएका सवारीसाधन विनाकारबाही छाडिएको बताए । उनले भने, ‘शनिबार ८२ सवारीसाधन नियन्त्रणमा लियौँ, २४ घन्टा सम्म होल्ड गर्‍यौँ । तर भोलिपल्ट सबै सवारीसाधन त्यतिकै छाडिदियौँ ।’ उनका अनुसार त्यसरी सञ्चालन हुने सवारीलाई कारबाही गर्न स्पष्ट कानुन छैन, न त निर्देशिका नै बनेको छ ।

महाशाखाले शनिबार चक्रपथ भित्र चलाइएका सवारीसाधन मात्रै नियन्त्रणमा लिएको थियो । कारबाही गर्ने कुनै कानुन नभए पनि आगामी दिनमा पनि बिदामा सरकारी सवारीसधान चलाए नियन्त्रणमा लिने महाशाखाले जनाएको छ । महाशाखाका एसएसपी रञ्जितकारले भने, ‘यो अभियान अब प्रत्येक बिदाका दिन चल्नेछ । विना अनुमति चलाइएका सबै सरकारी गाडी नियन्त्रणमा लिएर २४ घन्टा राख्छौँ ।’

यसैविच गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिन चलाइने सरकारी सवारीसाधन सञ्चालन सम्बन्धी कार्यविधि नभएको बताए । उनले भने, ‘बिदाका दिन कस्ता सवारी साधन चल्ने, कस्ता नचल्ने भन्ने कार्यविधि हामीसँग छैन । जबर्जस्ती चलाइएका सवारीसाधनलाई कारबाही गर्ने कानुन पनि छैन ।’ तर मन्त्रालयले सरकारी बिदाका दिन चलाइने सवारीसाधन नियन्त्रण भने गर्ने उनले बताए । उनले सरकारी सवारीसाधन सञ्चालन सम्बन्धी कार्यविधि बनाउनु पर्ने बताए ।
नयाँ पत्रिकाबाट

 

Logo