देउवा पक्षका नेताहरु तरुण दलको दलवल सहित निर्वाचन आयोगमा

देउवा पक्षका नेताहरु तरुण दलको दलवल सहित निर्वाचन आयोगमा

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ। नेपाली कांग्रेसमा नेतृत्व र आधिकारिकतासँग सम्बन्धित विवाद अझ गहिरिएको छ । गगन–विश्व समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा आधिकारिकताको प्रश्न उठेको छ ।

यसैबीच, शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहानै निर्वाचन आयोग पुगेका छन्। आयोग पुग्नेमा विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायतका नेताहरू छन्। देउवा समूहले आयोगमा आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्य लिएको बुझिएको छ ।

स्रोतका अनुसार, गगन–विश्व समूहले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको थियो। यसले आयोगलाई निर्णयमा पुग्न दबाबमा राखेको छ ।

त्यस्तै, कांग्रेसको भातृ संगठन तरुण दलले आयोग घेर्ने तयारी गरेको छ ।

Logo