बुटवल
प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि हिजो दोस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । "/>

प्रदेश ५ : मुख्यमन्त्रीले विस्तार गरे मन्त्रिपरिषद

प्रदेश ५ : मुख्यमन्त्रीले विस्तार गरे मन्त्रिपरिषद

केन्द्रबिन्दु
0
Shares

बुटवल
प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि हिजो दोस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रदेश नं ५ मा मन्त्रिमण्डलमा ६ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र नेकपा एमालेका वैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

मन्त्रीमा नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी (उद्योग, पर्यटन, वन, वातावरण र जलवायु) र बाँकेका आरती पौडेल (भूमि व्यवस्थापन, कृषि तथा सहकारी) तथा माओवादी केन्द्रबाट गुल्मीका सुदर्शन बराल (सामाजिक विकास) छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीले शपथ लगत्तै हिजै पद बहाली गरे ।
अन्नपूर्णबाट

Logo