१२९ सदस्यीय केन्द्रीय कार्यसमितिबाट २९ जना मात्रै गगनको पक्षमा

१२९ सदस्यीय केन्द्रीय कार्यसमितिबाट २९ जना मात्रै गगनको पक्षमा

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । आन्तरिक विवादका कारण नेपाली कांग्रेस अन्ततः विभाजन भएको छ । विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयनको पक्षमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई शेरबहादुर देउवा पक्षले कारबाही गरेपछि औपचारिक रुपमा कांग्रेस विभाजन भएको हो ।

लगत्तै विशेष महाधिवेशन पक्षधरले सभापति, महामन्त्रीसहितको नयाँ नेतृत्व चयन गरेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल निर्वाचित भए ।

गगन, विश्व र मन्सुर मात्र देउवा नेतृत्वको टिममा पदाधिकारी रहेका थिए । विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय कार्यसमिति घोषणा गरेको छ । देउवा नेतृत्वमा रहेको कांग्रेसको केन्द्रीय समितिको १ सय ३१ सदस्यीयमा अघिल्लो कमिटीमा रहेका सभापति थापासहित २९ जना मात्रै नयाँ कार्यसमितीमा रहेका छन् ।

गगन थापा, विश्व प्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहित केन्द्रीय सदस्यहरुमा पुष्पा भुषाल, प्रदीप पौडेल, डा.डीला संग्रौला पन्त, प्रकाश रसाईली स्नेही, बहादुर सिंह लामा, उदय शम्शेर राणा, मुक्ताकुमारी यादव, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह केसी, राजेन्द्रकुमार केसी, अजयबाबु शिवाकोटी, मोहन आचार्य, विनोद चौधरी, मधु आचार्य, अमृत अर्याल, चीनकाजी श्रेष्ठ, चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, प्रतिमा गौतम, भरत शाह, जानकी सिहं, शिवप्रसाद हुमागाँइ, अब्दुल रज्जाक, अब्दुल सत्तार रहेका छन् ।

‘विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी संख्या २६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको विशेष महाधिवेशन पक्षधरको दाबी रहेको छ ।

Logo