मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा आगामी सहकार्य विस्तारका विषयमा कुराकानी भएको थियो ।

Skip This
Skip This
Logo