रघुजी फिल्म्सद्धारा ‘कालकट्टी’ र ‘काकाको बिहे’ घोषणा, पहिलो झलकप्रति दर्शकको चासो

रघुजी फिल्म्सद्धारा ‘कालकट्टी’ र ‘काकाको बिहे’ घोषणा, पहिलो झलकप्रति दर्शकको चासो

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । ‘रघुजी फिल्म्स’को ब्यानरमा दुई फरक नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुने भएको छ । निर्माण टिमले शुक्रबार यी दुई चलचित्रको औपचारिक घोषणा गर्दै पहिलो झलकसमेत सार्वजनिक गरेको छन् ।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सहकार्यमा बन्ने यी चलचित्रले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा निर्माण पक्षले व्यक्त गरेको छ । यी दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारी छ ।

दुईमध्ये ‘कालकट्टी’ चलचित्रको छायांकन यहीँ माघको अन्त्यबाट सुरु हुनेछ । यसका लागि कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । ‘कालकट्टी’का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद र निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन् । ‘कालकट्टी’ को छायांकन सम्पन्न गरी रिलिजको तयारीसँगै दोस्रो चलचित्र ‘काकाको बिहे’ को छायांकन सुरु गरिने निर्माण टिमले जनाएको छ ।

निर्माणको घोषणासँगै सार्वजनिक गरिएको पहिलो झलकले दुवै चलचित्रप्रति दर्शकको चासो बढाएको छ ।

Logo