टी–२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

टी–२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।

बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिए । ‘यो समग्र विश्वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं । विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ’, खड्काले भने, ‘भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ ।’

कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए । ‘तयारी राम्रो भइरहेको छ । अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुनेछ । हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’

Skip This
Skip This
Logo