नेपालमा पहिलो पटक ‘टिभीएस अपाचे रेसिङ एक्सपिरियन्स’ सुरु, विजेताहरू फाइनलका लागि चेन्नई जाने

नेपालमा पहिलो पटक ‘टिभीएस अपाचे रेसिङ एक्सपिरियन्स’ सुरु, विजेताहरू फाइनलका लागि चेन्नई जाने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माणमा विश्वव्यापी अग्रणी कम्पनी टिभीएस माेटर कम्पनीले नेपालमा पहिलो पटक टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको औपचारिक शुभारम्भ गरेको छ।

टिभीएस अपाचे सिरिजले सफलतापूर्वक २० वर्ष पूरा गरेको ऐतिहासिक अवसरलाई उत्सवको रूपमा मनाउँदै कम्पनीले यो महत्वपूर्ण उपलब्धिको घोषणा गरेको हो।

यस कार्यक्रमको पहिलो छनोट चरण काठमाडौंको सतुङ्गलस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रममा ६० जना उत्साहित राइडरहरूले प्रत्यक्ष सहभागिता जनाएका थिए भने २०० भन्दा बढी दर्शकहरूले रेसिङको अवलोकन गरेका थिए।

सहभागीहरूलाई आईभीएस रेसिङ च्याम्पियनहरूले मार्गदर्शन तथा प्रशिक्षण दिएका थिए । नेपालमा, १० वटा चुनौतीपूर्ण मोड भएको पेशागत रूपमा डिजाइन गरिएको ट्रयाकमा ६० भन्दा बढी राइडरहरूले प्रतिस्पर्धा गरे, जहाँ उनीहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप टाइमको आधारमा मूल्यांकन गरिएकाे थियाे।

च्याम्पियनसिपमा १६०सीसी र २०० सीसी गरी दुई वर्ग समावेश गरिएको थियो, जसले विभिन्न सेग्मेन्टका सहभागीहरूलाई आफ्ना रेसिङ सीप प्रदर्शन गर्ने समान अवसर प्रदान गरिएकाे थियाे । प्रत्येक वर्गका शीर्ष तीन विजेताहरूलाई ठूलो दर्शक समूहले उत्साहका साथ स्वागत गर्याे र उनीहरूलाई २५ हजार रुपैयाँ नगद पुरस्कारसहित विशेष टिभीएस माेटर राइडिङ गियर प्रदान गरिएकाे कम्पनीले जनाएकाे छ ।

साथै, वर्ग विजेताहरूले भारतको चेन्नईस्थित प्रतिष्ठित मद्रास इन्टरनेशनल सर्किटमा हुने एआरई जिपी फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्। छनोट चरणका विजेताहरू अप्रिल २०२६ मा चेन्नईमा आयोजना हुने एआरई जिपीको ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।

२००७ मा सुरु गरिएको टिभीएस रेसिङ एआरई जिपी च्याम्पियनसिप टिभीएस अपाचे राइडरहरूका लागि रमाइलो, सिकाइ र प्रतिस्पर्धालाई एकसाथ ल्याउने महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएको छ । २०२५ मा, यो च्याम्पियनसिप अन्तर्राष्ट्रिय रूपमा विस्तार भई नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरमा सञ्चालन भयो, जसले विश्वभर १,००० भन्दा बढी अपाचे राइडरहरूलाई समेट्यो। पहिलो सिजनको उल्लेखनीय सफलतापछि, यो संस्करण टिभीएस अपाचेको दुई दशक लामो रेसिङ डीएनए र नवप्रवर्तनलाई प्रतिविम्बित गर्दै विश्वव्यापी स्तरमा विस्तार भएको महत्वपूर्ण उपलब्धि हो।

यस अवसरमा टिभीएस माेटर कम्पनीका विजनेस हेड विमल सुम्ब्लीले भने, “टिभीएस अपाचेको २० वर्ष पूरा भएको अवसरमा टिभीएस रेसिङ एआरई जिपीको अन्तर्राष्ट्रिय विस्तार हाम्रो सीमाहरूलाई चुनौती दिँदै नयाँ मापदण्ड स्थापित गर्ने यात्राको स्वाभाविक निरन्तरता हो। टिभीएस रेसिङ एआरई जिपीले मोटरस्पोर्ट्स इकोसिस्टमको जरा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ र नेपालको बढ्‌दो प्रदर्शन उत्साही समुदायले यसलाई एक आदर्श गन्तव्य बनाएको छ।”

आर एण्ड डीका वरिष्ठ उपाध्यक्ष आर. बाबुले थपे, “हामी यो रेसिङ प्लेटफर्ममार्फत राइडरहरूलाई पेशागत स्तरको अनुभव प्रदान गर्ने लक्ष्य राख्छौं। टिभीएस माेटर कम्पनी नेपालमा एक महत्वपूर्ण खेलाडी हो र यहाँको दुई पाङ्ग्रे उद्योग निरन्तर रूपमा बढिरहेको छ। ब्रान्डको विश्वव्यापी विस्तारसँगै टिभीएस रेसिङले मोटरस्पोर्टसलाई विश्व मञ्चमा लैजाने एक जीवन्त, जोडिएको र गतिशील राइडर समुदाय निर्माण गरिरहेको छ।”

दिनभरको कार्यक्रम व्हिली र्याम्प, स्टन्ट शो, जिमखाना सेसन जस्ता गतिविधिहरूले भरिएको थियो, जसमा २०० भन्दा बढी दर्शक सहभागी भए। यसपछि मनोरञ्जनात्मक कार्यक्रम डिजे सुजन, डिजे किरण, डिजे सविनसमेत आयोजना गरियो, जसले राइडरहरू र उत्साहीहरूलाई पूर्ण मोटरस्पोर्टस महोत्सवको अनुभव प्रदान गन्यो।

जगदम्बा माेटर्सका म्यानेजिङ डाइरेक्टर शाहिल अग्रवालले भने, “मोटरस्पोर्ट्सले सधै युवा पुस्तालाई प्रेरित गर्दै आएको छ। नेपालबाट सुरु गर्दै टिभीएस रेसिङ एआरई जिपीको अन्तर्राष्ट्रिय सुरुवातले आकांक्षालाई सही दिशामा लैजान र पेशागत रूपमा संरचना दिन मद्दत गर्नेछ। यो रेसिङ ढाँचाले प्रदर्शन मोटरसाइकलिङको दृश्यता बढाउने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र डिलरशिपहरूलाई ऊर्जा प्रदान गर्नेछ। हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्जमा प्रतिस्पर्धा गर्न विकास गर्न र देशको प्रतिनिधित्व गर्न अवसर सिर्जना गर्न टिभीएस माेटर कम्पनीसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौँ।”

चार दशकभन्दा बढीको रेसिङ विरासतसहित, टिभीएस रेसिङले टिभीएस अपाचे सिरिजको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ, जसले हाल विश्वभर ६.५ मिलियनभन्दा बढी सन्तुष्ट ग्राहकहरूको उपलब्धि हासिल गरेको छ।

Logo