काठमाडौँ। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतमा नेपाली कम्युनिस्ट पार्टीका तर्फवाट युवा नेता मनहरी तिमिल्सिना (समर) ले टिकट पाएका छन् । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा उम्मेदवार को टुङ्गो लगाउन बसेको नेकपाको बैठले तिमिल्सिनालाई टिकट दिएको हो । तिमिल्सिना नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रिय अध्यक्ष समेत हु्न् । चर्चित किताव कम्युनिस्ट स्कुलका लेखक तथा विधार्थी आन्दोलन र जनयुद्धमा सानै उमेर देखि लागेका तिमिल्सिना लाई यसपाली पार्टीले टिकट दिएको हो । पुर्व प्रधानमन्त्री एवं पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहाकार समेत भएर काम गरिसकेका तिमिल्सिना प्रचण्डका विश्वास पात्रमध्येमा एक पर्छन्।
तिमिल्सिनाले प्रचण्ड सरकारमा हुँदा जिल्लाको विकासमा बजेट पार्ने र योजना पारित गर्ने कार्यमा उल्लेख्य योगदान समेत गरेका थिए । युवाहरुमाझ लोकप्रिय, वौदिक तथा शालिन क्षवी भएका तिमिल्सिना पर्वत राम्जाका स्थायी बासिन्दा हुन् । तिमिल्सिनाले टिकट प्राप्त गर्नु समग्र जिल्लाकै गौरव भएको नेपाली कम्युनिस्ट पार्टी पर्वतले जनाएको छ ।
तिमिल्सिनाले टिकट प्राप्त गरेसँगै सामाजिक सञ्जाल फेशवुकमा लेखेका छन्,
“फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको प्रत्यासीका रूपमा टिकट प्राप्त गर्नु मेरो जीवनको एक अत्यन्त महत्वपूर्ण र भावनात्मक क्षण हो। यो अवसरका निम्ति आदरणीय संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, सिंगो पार्टी पंक्ति, पर्वत जिल्लाका आदरणीय तथा प्रिय कमरेडहरू, साथीहरू, गण्डकी प्रदेशको पार्टी नेतृत्व तथा समस्त शुभेच्छुकहरूप्रति म हृदयदेखि नै आभार र धन्यवाद व्यक्त गर्दछु।
यहाँहरूले मप्रति देखाउनुभएको विश्वास, भरोसा र आत्मीयताले मलाई थप जिम्मेवार र दृढ बनाएको छ। यो विश्वास केवल राजनीतिक समर्थन मात्र होइन, पर्वतको भविष्यप्रतिको सामूहिक आशा र अपेक्षाको प्रतिबिम्ब हो भन्ने मैले गहिरोसँग बुझेको छु।
मेरो स्पष्ट प्रतीज्ञा छ—मेरो सम्पूर्ण ज्ञान, क्षमता र उर्जा पर्वत जिल्लाको समग्र विकासमा समर्पित हुनेछ। राजनीतिक चश्माभन्दा माथि उठेर म सबैको साझा प्रतिनिधिका रूपमा इमानदार भूमिका निर्वाह गर्नेछु। मेरा लागि पद होइन, कर्तव्य महत्वपूर्ण छ; सत्ता होइन, सेवा प्राथमिकता हो।
मेरो एउटै सपना छ—नेपालकै चौंथो सानो जिल्ला पर्वतलाई भौतिक र मानवीय दुवै दृष्टिले विकसित, समुन्नत र गौरवपूर्ण बनाउने। यहाँहरूले देखाउनुभएको विश्वासलाई जीवन्त राख्दै, परिणाममुखी काममार्फत त्यसको सम्मान गर्नेछु।”































प्रतिक्रिया