काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टी स्रोतका अनुसार अधिकांश प्रमुख नेताहरूको निर्वाचन क्षेत्र तय भइसकेको छ र केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।
यसपटक रास्वपाले प्राइमरी इलेक्सन नगरी केन्द्रबाटै उम्मेदवार छनोट गर्ने नीति लिएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिले सूची तयार गरिसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना मुख्य नेताहरूको निर्वाचन क्षेत्र लगभग तय भइसकेको छ। पार्टी स्रोतका अनुसार भोलि बस्ने केन्द्रीय समिति बैठकले औपचारिक घोषणा गर्ने तयारीमा छ।
यी हुन् शीर्ष नेताहरूका निर्वाचन लड्ने क्षेत्रहरु
सभापति रवि लामिछाने : चितवन–२
वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) : झापा–५
उपसभापति डीपी अर्याल : काठमाडौं–९
उपसभापति डा. स्वर्णिम वाग्ले : तनहुँ–१
महामन्त्री कविन्द्र बुर्लाकोटी : गोरखा–२
काठमाडौं उपत्यकाका उम्मेदवार
विराजभक्त श्रेष्ठ : काठमाडौं–८
गणेश पराजुली : काठमाडौं–७
शिशिर खनाल : काठमाडौं–६
पुकार बम : काठमाडौं–१ (दावेदारी)
निर्वाचन क्षेत्र परिवर्तन
सोविता गौतम : चितवन–३
(यसअघि काठमाडौं–२ बाट विजयी भएकी उनले काठमाडौं–२ ‘होल्ड’ मा राखिएपछि चितवन–३ रोजेकी हुन्।)
अन्य जिल्लाका उम्मेदवार
हरि ढकाल : चितवन–१
डा. तोसिमा कार्की : ललितपुर–३
मनिष झा : सिराहा–३
दीपक बोहरा : कञ्चनपुर–२
गणेश कार्की : मोरङ–३
निशा डाँगी : झापा–२
बालेनको सिफारिस (बालेन कोटा)
भूपदेव शाह : अछाम–२
आसिफ साह : काठमाडौं–५
केपी खनाल : कैलाली–२
राजु पाण्डे : काठमाडौं–४ (संभावित)
सुनील लम्साल : रुपन्देही–१
गणेश पौडेल : कास्की–१
सागर ढकाल : डडेल्धुरा
निर्णय बाँकी
विपिन आचार्य : दाङ–२ वा काठमाडौं
इन्दिरा राना : उदयपुर–२ (संभावना)





























प्रतिक्रिया