काठमाडौं। नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन गरेको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि सहमति के हुने भन्ने चासो थियो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, “राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रूपमा बुझ्नु हुँदैन। एमालेसँग सदस्यको भागवण्डा सम्बन्धी सहमति कायम रहनेछ।” राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ। त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन्। बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ।
निर्वाचन आयोगका अनुसार, १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। यसमा कांग्रेस र एमालेले क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष र प्रमुख÷उपप्रमुख मतदाता हुन्छन्। सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् भने ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ मतदाता छन्।





























प्रतिक्रिया