एमालेको ‘कट अफ’ लिस्टः ईश्वर–योगेशसहितका ठूला नेताहरु पाखा लगाइए

एमालेको ‘कट अफ’ लिस्टः ईश्वर–योगेशसहितका ठूला नेताहरु पाखा लगाइए

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ। नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ, तर पार्टीमा प्रभावशाली मानिने नेता र नेतृहरूको ठूलो हिस्सा टिकटबाट वञ्चित भएका छन्।

महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका केन्द्रीय सदस्य ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेनासहितका नेताहरूले टिकट नपाएका हुन् ।

सचिवालय बैठकमा उम्मेदवार छनोटमा मापदण्ड नअपनाइएको भन्दै असन्तुष्टि देखिएको छ । उषाकिरण तिम्सेनाले आक्रोश पोख्दै भनिन् “ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड । म पाप र धर्ममा विश्वास गर्दिनँ।”

यस्तै उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत निर्णय सुनेर विचलित नहुन अनुरोध गरेका छन् । उच्च मनोबल र एकताका साथ उम्मेदवारलाई विजयी बनाउन सक्रिय हुन समेत उनले आग्रह गरेका छन् । यात्रा लामो र गौरवपूर्ण भएको भन्दै भट्टराईले विचलित नहुन समेत नेताहरुलाई सम्झाएका छन् ।

अझै केही क्षेत्रमा उम्मेदवार टुंगो लगाउने कसरतमा एमाले लागिपरेको छ । अध्यक्ष ओलीले बाँकी उम्मेदवारको अन्तिम टुंगो लगाउनेछन् ।

Skip This
Skip This
Logo