खोटाङ– प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गर्दै खोटाङमा हस्ताक्षर संकलन अभियान थालिएको छ। प्रदेश नम्बर १ को विभिन्न नाम प्रस्ताव भइरहेका बेला किराँत राई यायोक्खा, किरात राई विद्यार्थी संघ, किराँत राई कलाकार संघ र किराँत सेवा समाजले प्रदेश नम्बर १ को नाम किरात राख्नुपर्ने पक्षमा हस्ताक्षर अभियान थालेको हो।
प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा किराँत राई यायोक्खा केन्द्रीय समितिले फागुन २५ गते देखि सुरु गरेको हस्ताक्षर संकलन अभियानका क्रममा खोटाङमा पनि हस्ताक्षर अभियान थालिएको यायोक्खाले जनाएको छ। शुक्रबार नुनथलादेखि थालिएको हस्ताक्षर संकलन अभियानका क्रममा शनिबार सदरमुकाम दिक्तेलमा हस्ताक्षर संकलन गरिएको छ । ऐतिहासिक पहिचान, किराती सभ्याता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्न उपयुक्त हुने भएकाले जनसमर्थन जुटाउन हस्ताक्षर संकलन थालिएको किराँत राई यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले बताईन् ।
प्रदेशको नाम किरात राख्नुपर्ने पक्षमा दवाव सिर्जनाका लागि खोटाङको साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहमा समेत हस्ताक्षर अभियान चलाइने यायोक्खाले जनाएको छ। नागरिकबाट





























प्रतिक्रिया