काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जानै पर्ने बताएका छन् । खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधा सहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’, प्रधानमन्त्री ओलीले भने ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । "/>

सरकारले खटाएको ठाउँमा कर्मचारी जानै पर्छः प्रधानमन्त्री

सरकारले खटाएको ठाउँमा कर्मचारी जानै पर्छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जानै पर्ने बताएका छन् । खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधा सहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’, प्रधानमन्त्री ओलीले भने ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानै पर्छ ।’

नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए । जागिर शुरु गर्दाको शर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

उनले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे । कर्मचारीको वृत्ति विकासका लागि पनि सेवा प्रवेश गर्दाको शर्त लागू हुने प्रधानमन्त्री ओलीको भनार्इ थियो । ‘नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने, प्रदेशमा सरुवा हुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन’ प्रधानमन्त्री ओलीले भने ‘आवश्यकताका आधारमा कर्मचारीलाई देश भित्र जता पनि खटाउन सकिन्छ । तर जहाँ गयो त्यहीँ सीमित भएर बस्नु पर्दैन ।’

कर्मचारी स्थायी सरकार भएकाले उसको सहयोग बिना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने ओलीको प्रष्टोक्ति थियो । ‘हिजो कर्मचारीबाट पनि केही तल माथि भयो होला’ प्रधानमन्त्री ओलीले भने ‘हिजो देशको अवस्था पनि बिग्रिएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo