काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका भुसाललाई सो पार्टीले उम्मेदवार बनाएको हो ।
उनले आफ्नो राजनीतिक यात्रा सेवामुखी, इमानदार र जनमुखी दृष्टिकोणका आधारमा अगाडि बढाएको जनाएका छन् ।
काठमाडौँ–४ राजनीतिक रूपमा सचेत र ‘हाइप्रोफाइल’ क्षेत्र मानिन्छ ।
पार्टी संगठन निर्माणदेखि स्थानीय जनस्तरको राजनीतिक चेतना विस्तारसम्म उनको भूमिका निरन्तर रहँदै आएको छ ।
उनले आफ्नो चुनावी एजेन्डामा सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक झन्झटको अन्त्य, युवा रोजगारी र सहरी व्यवस्थापनलाई प्राथमिकता दिएका छन्। विशेषतः काठमाडौँजस्ता सहरी क्षेत्रमा बढ्दो बेरोजगारी र अव्यवस्थित सहरीकरणलाई सम्बोधन गर्नु उनको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
जेन जीहरुले आँफूलाई व्याक्तिगत रुपमा चुनावमा उठ्न दवाव दिएका र पार्टी बाट पनि टिकट प्राप्त गरेको उनले बताएका छन् ।





























प्रतिक्रिया