विष्णु पौडेल रुपन्देही -२ बाटै चुनाव लड्ने

विष्णु पौडेल रुपन्देही -२ बाटै चुनाव लड्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभाको चुनाव रुपन्देही २ बाटै उठ्ने भएका छन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई रुपन्देही -२ को सट्टा पाल्पा -२ मा उम्मेदवार बनाउने निर्णय गरे पनि अहिले आएर रुपन्देही -२ मै उठाउने तयारी भएको केन्द्रिय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

एकल सिफारिस भएको र चार पटक लगातार जितेको क्षेत्रबाटै उम्मेदवार बन्ने धेरैको अपेक्षाविपरीत पौडेल पाल्पा -२ मा गएपछि विभिन्न कोणबाट विश्लेषण हुन थालेको थियो ।

Skip This
Skip This
Logo