बालेनलाई सुनिताले दिइन् धन्यवाद

बालेनलाई सुनिताले दिइन् धन्यवाद

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।

आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।
उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौं । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौं ।’

उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजीनामा दिएको पनि जानकारी गराएकी छन् ।

उनले भनिन्, ‘आज मिति २०८२ माघ ४ गते नेपालको संविधान स्थानिय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार आज कै दिन अर्थात २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिनु भएको राजीनामा मलाई प्राप्त भएको सबैलाई जानकारी गराउन चाहन्छु ।’

Skip This
Skip This
Logo