नेपाल प्रहरीका आठ डीआईजीको सरुवा

नेपाल प्रहरीका आठ डीआईजीको सरुवा

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा भएका छन् । सरुवा हुनेमा डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालयमा, कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा र गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा सरुवा भएका हुन्।

यसैगरी अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा, प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा, केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा, कर्णाली प्रदेश प्रहरीका माधव प्रसाद श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरोमा र लुम्बिनी प्रदेश प्रहरीका राजेन्द्र भट्ट अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo