कांग्रेस छाडेर अब्बुल हुसेन अन्सारी एमालेमा, पार्टी प्रवेशकै दिन पाए सुनसरी ४ को टिकट

कांग्रेस छाडेर अब्बुल हुसेन अन्सारी एमालेमा, पार्टी प्रवेशकै दिन पाए सुनसरी ४ को टिकट

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कांग्रेस छाडेर नेकपा एमाले भित्रिएका अब्बुल हुसेन अन्सारी सुनसरी ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसमा विभाजन आएपछि शेरबहादुर पक्षमा खुलेका अब्बुल आइतबार राति एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउँदै टिकट दिएका हुन् । यसअघि यस क्षेत्रमा जगदीश कुसियैतलाई टिकट दिइएको थियो ।

जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि भर्खरै पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।

गत चुनावमा तत्कालीन सञ्चारमन्त्री कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग कुसियैत ११२ भोटको झिनो मतान्तरले पराजित भएका थिए ।

Logo