एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने,नेकपाका तर्फबाट तामाङ

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने,नेकपाका तर्फबाट तामाङ

केन्द्रबिन्दु
12
Shares

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने भएका छन् । यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहेका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बनेका थिए । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी भएका थिए । यहाँ चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् ।

नेकपाका तर्फबाट तामाङ उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट ३६ वर्षीय हरिजङ्ग तामाङ उम्मेदवार बन्ने भएका छन् । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले उनलाई उम्मेदवारको टिकट प्रदान गरेसँगै आगामी फागुन हुने निर्वाचनमा उम्मेदवार बन्ने भएका हुन्। उनले आज जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउने छन् ।

Logo