काठमाडौँ । अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। विद्यार्थी आन्दोलनबाट खारिएको नेतृत्व अब संसदीय राजनीतिमा प्रवेश गर्दै जनताको आवाज संसदमा बुलन्द गर्ने अभियानमा उत्रिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
को कहाँ बाट लड्दैछन चुनाव ?
नवलपरासी–२ बाट देबेन्द्र पौडेल, काठमाडौँ–१० बाट हितमान शाक्य, प्युठानबाट कृष्णध्वज खड्का, गोरखा–२ बाट लेखनाथ न्यौपाने, काठमाडौँ–६ बाट हिमाल शर्मा, सल्यानबाट रमेश कुमार मल्ल तथा झापा–५ बाट रञ्जित तामाङ प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।
विद्यार्थी आन्दोलनको लामो अनुभव, वैचारिक स्पष्टता र संघर्षशील इतिहास बोकेका यी उम्मेदवारहरूले जनताको हक–अधिकार, सामाजिक न्याय र परिवर्तनको आवाज संसदसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा तारा चुनाव चिन्हमा अत्याधिक मतदान गरी यी उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका छन् ।





























प्रतिक्रिया