मनोनयन दर्तासँगै अँकमाल गरेर आ-आफ्नोे चुनावी अभियानमा लागे पर्वतका उम्मेदवार

मनोनयन दर्तासँगै अँकमाल गरेर आ-आफ्नोे चुनावी अभियानमा लागे पर्वतका उम्मेदवार

केन्द्रबिन्दु
216
Shares

पर्वत । प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा पर्वतमा उम्मेदवारहरूबीच हार्दिकता र सौहार्दपूर्ण व्यवहारको दृश्य देखिएको छ । कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनहरी तिमिल्सिनाले सार्वजनिक कार्यक्रममा एकअर्कासँग अंकमाल गर्दै हार्दिकता प्रकट गरेका छन्।

त्यसैगरी, एमालेका पदम गिरी र रास्वपाका सागर भुसाल लगायत सबै उम्मेदवारहरूले मनोनयन दर्तासँगै एकअर्कासँग सौहार्दपूर्ण व्यवहार सँगै शान्तिपुर्ण रुपमा चुनावमा होमिएको बताएका छन् ।

स्थानीय मतदाता र निर्वाचन अधिकृतहरूले यो गतिविधिलाई निर्वाचन प्रक्रियामा सकारात्मक सन्देश भएको बताए । उम्मेदवारहरूले जनताको विश्वास जित्ने उद्देश्यमा प्रतिस्पर्धा गर्ने तर आपसी सम्मान कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारहरूले आज निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराईसकेका छन् ।

Skip This
Skip This
Logo