हुन्डाईको सबैभन्दा ठूलो ईभी ‘स्टारिया’ सार्वजनिक, २० मिनेटमै ८० प्रतिशतचार्ज हुने

हुन्डाईको सबैभन्दा ठूलो ईभी ‘स्टारिया’ सार्वजनिक, २० मिनेटमै ८० प्रतिशतचार्ज हुने

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । हुन्डाईले ब्रसेल्स मोटर शोमाआफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकलईभी ‘स्टारिया’ सार्वजनिक गरेको छ । यो इलेक्ट्रिक एमपीभी र एसयूभी विशेष रूपमा प्रशस्त स्पेस,आरामदायी सिट व्यवस्था र लामो दूरीको यात्रालाई प्राथमिकता दिने ग्राहकहरूलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

९ सिट क्षमता सहितको हुन्डाई स्टारिया ईभीले पूर्ण चार्जमा करिब ४०० किलोमिटर दूरी तय गर्न सक्ने दाबी गरिएको छ।यसमा ८०० भोल्टको हाई–भोल्टेज फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ, जसका कारण केवल २० मिनेटमै ब्याट्री ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ। यो मोडल यसअघि नै २०२५ को भारतीय अटो एक्स्पोमा पनि प्रदर्शनीमा राखिएको थियो ।

इलेक्ट्रिक प्लेटफर्ममा आधारित भएकाले स्टारिया ईभीको भुइँ पूर्ण रूपमा समतल रहेको छ, जसले यात्रुहरूलाई सहज आवतजावत र आरामदायी बसाइको अनुभव दिन्छ । यसको लामो ह्विल बेसका कारण क्याबिनभित्र प्रशस्त लेगरुम र हेडरुमउपलब्ध छ, जसले लामो यात्रालाई अझ सहज बनाउँछ ।

कम्पनीले यो मोडल दुई भेरिएन्टमा लन्चगर्न सक्ने अनुमान गरिएको छ। यसमा साना परिवारका लागि७ सिट क्षमताको भेरिएन्ट र ठूला परिवार वा प्रिमियम प्रयोगकर्तालाई लक्षित ९ सिट क्षमताको लक्जरी वागन भेरिएन्ट समावेश हुन सक्ने बताइएको छ।

हुन्डाई स्टारिया ईभीमा ८४ किलोवाट–आवर क्षमताको लिथियम–आयन ब्याट्री प्याक जडान गरिएको छ, जसले गाडीलाई ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्जप्रदान गर्छ। साथै, यस एमपीभीमा २ हजार किलोग्रामसम्म टोइङक्षमता रहेको उल्लेख गरिएको छ। घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिने ११ किलोवाटको एसीचार्जरको सुविधा पनि यसमा उपलब्ध गराइएको छ, जसले दैनिक प्रयोगलाई अझ व्यावहारिक बनाउने अपेक्षा गरिएको छ ।

Logo