व्यक्तिगत स्वार्थविना जनसेवामा समर्पित पर्वतका कान्छा उम्मेदवार : तिमिल्सिना

व्यक्तिगत स्वार्थविना जनसेवामा समर्पित पर्वतका कान्छा उम्मेदवार : तिमिल्सिना

केन्द्रबिन्दु
150
Shares

पर्वत। पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फका कान्छा उम्मेदवार मनहरि तिमिल्सिना जनता सामु उभिएका छन्। उनी पर्वतका ११ जना उम्मेदवार मध्य सवैभन्दा कान्छा उम्मेदवार हुन्। वौद्धिक शालिन र निश्कलंक तिमिल्सिना नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन्।

जिल्लाकै जेष्ठ नागरिक १०७ बर्षिय हरिदत्त तिमिल्सिना अर्थात हजुरवुवाको हातबाट टिका र आर्शिवाद लिएर चुनावमा होमिएका तिमिल्सिनाले मनोनयन दर्ताको समयमा आफ्ना प्रतिद्धन्द्धी उम्मेदवारहरु लाई आदार र सम्मानका साथ सौहार्द वातावरणमा चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरे ।

उनले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै व्यक्तिगत स्वार्थ, आग्रह–प्रतिशोध वा पूर्वाग्रहबाट नभई आत्मपरीक्षण, समभाव र पर्वतेली जनताको सेवामा समर्पणको भावनाबाट उठेको निर्णय भएको बताएका छन्। व्याक्तिगत र राजनैतिक स्वार्थभन्दा माथि रहेर जिल्लाका जनताको सुखदुखमा सदैव संगै रहने वाचा सहित चुनावमा होमिएको तिमिल्सिनाको भनाई छ ।

मनहरि तिमिल्सिनाले बताए अनुसार, बाल्यकालदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहँदै उनी भूमिगत जीवन, जेल र कठिन परिस्थितिहरू पार गर्दै अघि बढेका छन्। उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत आग्रह र पूर्वाग्रहका लागि कहिल्यै दुरुपयोग नगरेको र सकेसम्म समन्वयकारी भूमिका निर्वाह गरेको बताएका छन्।

उने भनेका छन् “संघर्षका क्रममा कहिलेकाहीँ वैचारिक सिद्धान्तलाई प्राथमिकता दिनुपरेको भए पनि समयसँगै सिकाइ र अनुभवले मलाई विकास, सुशासन र परिणाममुखी सेवामा दृढ उभिन प्रेरित गरेको छ । डेलिभरीबिनाको विमर्श खोक्रो आदर्श मात्र हुन्छ ।” मनहरि तिमिल्सिनाको लक्ष्य आफ्नै जिल्लाको विकास र समस्याको समाधानमा इमानदार योगदान गर्नु रहेको छ । उनले जनता नै इतिहासका निर्माता भएको र हरेक निर्णयको सम्मान गर्ने विश्वास व्यक्त गरेका छन् ।

तिमिल्सिनाले यसपटक तारा चिन्हमा आँफूलाई मतदान गरी जिल्लाको समग्र विकास निर्माणमा हातेमालो गर्न जिल्लाबासी सम्पुर्ण आमाबुबा दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अपिल समेत व्यक्त गरेका छन् ।

Logo