रोल्पा
६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । "/>

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

रोल्पा
६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुने बेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् । असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । त्यसपछि पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगेर घटनाका बारेमा अनुसन्धान गरी अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

बालिकालाई भने मेडिकल पश्चात् अभिभावकको जिम्मा लगाइएको छ । पीडित बालिका सदरमुकामकै एक निजी विद्यालयमा एल केजीमा र अभियुक्त बालक सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् । अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बालकलाई जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार १० दिन म्याद थप गरेको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार १० वर्ष भन्दा मुनिको बालकले अपराध गरेमा कुनै सजायँको व्यवस्था छैन । तर १० देखि १४ वर्षसम्मको उमेरमा अपराध गरेको ठहर भएमा ६ महिना सम्म कैद हुने कानूनी व्यवस्था छ । चौध देखि १६ वर्ष सम्मको उमेरमा अपराध गरेमा उमेर पुगेको अपराधीलाई हुने सजायँको आधा सजायँ हुने कानूनी व्यवस्था छ । यदि अदालतबाट यी अभियुक्त बालकलाई अपराध गरेको ठहर भई सजायँ हुने भएमा अधिकतम ६ महिना सम्म कैदको सजायँ हुनेछ । तर अभियुक्त बालकलाई कारागारमा थुनामा राख्न पाइँदैन । यसरी अपराधमा संलग्न बालकलाई बाल सुधार गृहमा राखी कैदको सजायँ असुल गरिने प्रावधान रहेको उनको भनार्इ छ ।

प्रहरी नायब उपरीक्षक फुयाँलका अनुसार जिल्लामा बाल सुधार गृह नभएको हुँदा अपराधजन्य गतिविधिमा संलग्न भएका बालबालिकालाई नियन्त्रणमा लिई संरक्षण दिन समस्या हुने गरेको छ । यसैगरी फागुन १२ गते १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी हिरासतमा राखेका सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरलाई जिल्ला अदालत रोल्पाको आदेश अनुसार पुर्पक्षका लागि बुधबार देखि थुनामा राखिएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo