काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ।
निर्वाचन अधिकृतको कार्यालय गौरमा पुगेर रौतहट क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम नरेश यादवले नेपालविरुद्ध उजुरी दिएका हुन् ।
पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गराइएको उम्मेदवार यादवले बताएका छन्।





























प्रतिक्रिया