बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

केन्द्रबिन्दु
15
Shares

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ।

Logo