काठमाडाैं । बंगलादेश सरकारले सन् २०२६ मा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आधिकारिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । छिमेकी मुलुक भारतमा हुने आफ्ना खेलहरूका लागि सुरक्षा र निष्पक्षताको प्रश्न उठाउँदै बंगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बंगलादेशका खेलहरू भारतबाट अन्यत्र सार्न गरिएको प्रस्तावलाई अस्वीकार गरेपछि बंगलादेशले यो कडा कदम चालेको हो । यस निर्णयसँगै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), आईसीसी र भारतीय क्रिकेट अधिकारीहरूबीचको विवाद थप गहिरिएको छ ।
बंगलादेशले आफ्ना खेलहरू श्रीलंकामा सार्न आईसीसीसँग माग गरेको थियो, तर आईसीसीले उक्त प्रस्ताव अस्वीकार गर्दै भारतमै खेल्न २८ घण्टे ‘अल्टिमेटम’ दिएको थियो ।
बंगलादेशले विश्वकप नै नखेल्ने भन्दा पनि भारतको सट्टा श्रीलंकामा खेल्ने प्रस्ताव राखेको छ । यद्यपि, आईसीसीले यसलाई स्वीकार नगरेमा बंगलादेश सहभागी नहुने निश्चित भएको छ ।
बंगलादेश समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, इङ्गल्याण्ड र इटालीसँगै रहेको छ। यदि बंगलादेश बाहिरिएमा नेपालले स्कटल्याण्डसँग खेल्नुपर्ने हुन सक्छ।





























प्रतिक्रिया