काठमाडौँ
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार (आज) अपरान्ह ४ः०० बजेका लागि तय भएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी हिजो दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।
रासस





























प्रतिक्रिया