काठमाडौँ
गत आइतबार दुई तिहाइ भन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबार भित्र पूर्णता दिन गृहकार्य थालेका छन् । "/>

सरकारले शुक्रबार भित्रै पूर्णता पाउँछ : ओली

सरकारले शुक्रबार भित्रै पूर्णता पाउँछ : ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
गत आइतबार दुई तिहाइ भन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबार भित्र पूर्णता दिन गृहकार्य थालेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत लिई राष्ट्रियसभा अध्यक्ष र राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारलाई पूर्णता दिने योजना अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार भित्र सरकारलाई पूर्णता दिने गरी छलफल अगाडि बढाएका हुन् ।

नयाँबानेश्वरस्थित संसद भवन परिसरमा मंगलबार राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका प्रधानमन्त्री ओलीले सम्बन्धित दलहरुसँग मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल जारी रहेको बताए । ‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउनेछ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘त्यसका लागि सम्बन्धित दलसँग छलफल चलिरहेको छ । चाँडै निष्कर्षमा पुग्नेछ ।’ गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भए पनि ओलीले एक महिना हुन लागि सक्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि अनौपचारिक छलफल गरेका छन् । ओली सरकारमा एमाले, माओवादी र संघीय फोरम मात्रै सहभागी हुने सम्भावना देखिएको छ । विश्वासको मत दिए पनि राजपाले तत्काल सरकारमा नजाने धारणा राखेपछि ओलीले तीन दलसँग मात्रै छलफल चलाएका हुन् ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग मंगलबार बिहान छलफल गरेका थिए । ‘आजै मेरो प्रधानमन्त्रीसँग मन्त्रिपरिषद विस्तारबारे छलफल भएको थियो । अब एक दुई दिनमै सरकारले पूर्णता पाउनेछ,’ दाहालले सञ्चारकर्मीसँग भने । उनका अनुसार गृहकार्य तीव्र पारी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा प्रधानमन्त्री ओली सहमत छन् ।
नागरिकबाट

Logo