काठमाडौं । विद्या, बुद्धि र संगीतकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने ‘वसन्त पञ्चमी’ को अवसर पारेर नयाँ सरस्वती बन्दना सार्वजनिक गरिएको छ। गायिका सलिना बिक र बाल गायक सम्यन्त प्रधानको स्वरमा सजिएको यो भक्तिपूर्ण सिर्जना हालै बजारमा आएको हो।
यस बन्दनामा गायिका सलिना बिककै संगीत रहेको छ भने शब्द संकलन ध्रुव केसीले गरेका हुन्। ज्ञान, संगीत र शिक्षाको दिव्य प्रतीक मानिने देवी सरस्वतीप्रति समर्पित यस रचनाले विद्यार्थी, शिक्षक तथा कला साधकहरूलाई आध्यात्मिक उर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
संगीत संयोजनमा गोपाल रसाइली, मिक्सिङ तथा मास्टरिङमा श्याम बागदास र
रेकर्डिस्टमा भानुभक्त ढकाल, वाद्यवादनमा जगन्नाथ धौगडा (तबला) र उमेश पण्डित (बाँसुरी) रहेका छन् ।
माँ सरस्वतीको कृपाले सबैमा विचारको स्पष्टता, सृजनशील चेतना र आत्मिक प्रबोधन प्राप्त होस् भन्ने पवित्र उद्देश्यका साथ यो भजन सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।





























प्रतिक्रिया