काठमाडौं । आगामी निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।
शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई त्रिभुज चुनाव चिह्न प्रदान गरेको हो ।
अरु मन्त्रीहरूले दलमार्फत चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला पुनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका थिए । पुनले राजीनामा दिनुअघि आफूलाई प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक सरकारलाई दान दिएका छन् ।
पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ ।





























प्रतिक्रिया