विरा एजुकेशन कन्सल्टेन्सीले मनायाे चौथाे वार्षिकोत्सव

विरा एजुकेशन कन्सल्टेन्सीले मनायाे चौथाे वार्षिकोत्सव

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । नयाँ बानेश्वरस्थित विरा एजुकेशन कन्सल्टेन्सीले भव्यताका साथ आफ्नो चौथाे वार्षिकोत्सव मनाएको छ । शनिबार आफ्नै प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै विरा कन्सल्टेन्सीले चौथाे वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको हो ।

योसँगै विगत ४ वर्षदेखि नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आएको विरा एजुकेशन कन्सल्टेन्सी चौथाे वर्ष पूरा गरी पाचौं वर्षमा प्रवेश गरेको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यु) को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष विकल्प राज पोखरेल र महासचिव भवनाथ हुमागाईं, सचिव आसिक कार्कीलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका कर्मचारी र विद्यार्थीलगायत अन्य व्यक्तिहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष एन्ड्र्युले छोटो समयको अवधिमा पनि शैक्षिक परामर्श क्षेत्रमा छुट्टै छाप छोड्न सफल भएको भन्दै विरा एजुकेशनको सम्पूर्ण टिमलाई नै वार्षिकोत्सवको अवसरमा शुभकामना र बधाई दिए । उनले इक्यानमा भिराजस्तो सदस्य पाउँदा निकै खुसी पनि व्यक्त गरे ।

विद्यार्थी र वैदेशिक अध्ययनसँग जोडिएको विद्यार्थीको सफलताको बिचमा पुलको काम गर्दै यही कार्यलाई निरन्तरता दिन विरा एजुकेशन कन्सल्टेन्सीलाई आग्रह पनि गरे ।

त्यस्तै, इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले विरा अब्बल शैक्षिक परामर्श संस्थाका रुपमा आफूलाई स्थापित गरिसकेको बताए । शिक्षालाई मात्रै नभई नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई लाइफटाइम ब्रान्ड एम्बेसेडर बनाएर खेलकुदमा पनि योगदान पुर्याएको भन्दै विरालाई एक जिम्मेवार कन्सल्टेन्सीका रुपमा चित्रण गरे ।

त्यस्तै, विरा एजुकेशनकी संस्थापक प्रबन्ध निर्देशक रेश्मा महर्जनले विगत ४ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा दिँदै आएको योगदानलाई निरन्तरता दिने प्रतिबद्दता जनाइन् । विरा एजुकेशनले विद्यार्थीहरुलाई अस्ट्रेलिया, क्यानडा, युके र अमेरिका लगायतका देशहरुमा अध्ययनका लागि आवश्यक पर्ने उचित शैक्षिक परामर्श दिँदै आएको उनकाे दाबी छ ।

विरा कन्सल्टेन्सीले सन् २०२२ देखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई उचित परामर्श दिँदै आएको छ । विशेषगरी, अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, फिनल्याण्ड जस्ता देशमा जाने विद्यार्थीलाई परामर्श दिने गर्दछ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई पढाई र करियरको बारेमा मात्र परामर्श दिने गर्दैन, विद्यार्थी कुन देशमा जान चाहेको हो त्यो देशमा कुन काम सजिलै पाइन्छ, त्यसको आधारमा विद्यार्थीलाई सहज होस् भनेर सिप सिक्नको लागि पनि कन्सल्टेन्सीले अभिप्रेरित गर्दै आएको छ ।

Skip This
Skip This
Logo