सस्तोको लोभमा कोरोनालाई बेवास्ता (भिडियोसहित)

सस्तोको लोभमा कोरोनालाई बेवास्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला मुलुक कोरोना भाइरस संक्रमणको चपेटामा रहेको छ । दिनप्रतिदिन संक्रमण पनि बढी रहेको छ । अझ भन्ने हो भने सबैभन्दा बढी कोरोनाको जोखिम काठमाडौं उपत्यका रहेको छ । तर पछिल्लो समय नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार लागेसँगै बजारमा भिडभाड बढ्दै गएको छ ।

यस्तो महामारीको बिचमा पनि कोरोनाको बेवास्ता गर्दै नागरिक तिहारको लागि किनमेल गर्न बजारमा निस्किएका छन् । कोरोना संक्रमणको बेवास्ता गरि देशका विभिन्न स्थानबाट केही सस्तो सामान पाउने भन्दै काठमाडौंका भिडभाड हुने क्षेत्र असन, इन्द्रचोकमा भिड गरेर सर्वसाधारणले किनमेल र व्यापारीले व्यापार गरिरहेका छन् ।

यस्तो समयमा भिडभाडमा किनमेल गर्ने सर्वसाधारण र व्यापारीसँग कोरोना भाइरसको त्रासमा तिहारको विषयमा कुराकानी गरेका छौं । हेरौं उनीहरुको भनाई जस्ताको त्यस्तै :

Logo